महेशले ल्याउँदै छन् ‘आस’

sunuwarकाठमाडौं : गायक महेश मुखिया सुनुवार लोकआधुनिक एल्बम ‘आस’का साथ देखिने भएका छन् । सुगम संगीतलाई आधार बनाइएको यस एल्बममा चारवटा गीत समाविष्ट छन् । गगन पूर्वेलीको शब्द तथा संगीतमा रहेको एल्बमका सबै गीतहरूमा गायक स्वयंले संगीत दिएका छन् । न्यु भिजन पोइन्ट प्रालिले बजार व्यवस्थापनको जिम्मा लिएको एल्बममा सबै किसिमका गीत समेट्ने प्रयास गरेको गायक सुनुवारले बताए । केही दिन, सपनीमा, ए हो सानु र बोल्दिन बोलका गीतहरू समावेश गरिएको एल्बम नयाँ वर्षका अवसर पारेर विमोचन गर्ने तयारीमा सुनुवार जुटेका छन् । (सौस)

प्रतिक्रिया