मोबाइलसँग जोडिएका खास तथ्य

cooper– मोबाइल फोन प्रचलनमा आएको ४० वर्ष पुगेको छ ।
– ३ अप्रिल १९७३ मा मोटोरोला कम्पनीका इन्जिनियर मार्टिन कुपरले प्रतिद्वन्द्वी कम्पनीका एक कर्मचारीसँग विश्वमै पहिलोचोटि मोबाइल फोनबाट गफ गरेका थिए ।
– यसको करिब १० वर्षपछि मोटोरोला कम्पनीले पहिलो मोबाइल ह्यान्डसेट बजारमा ल्याएको थियो । त्यति बेला यसको मूल्य तीन लाख रुपियाँभन्दा बढी थियो । आज विश्वभर मोबाइलका करिब साढे ६ अर्ब उपभोक्ता छन् ।
– मोटोरोलाले उत्पादन गरेको विश्वकै पहिलो ह्यान्डसेटको नाम ‘डायना टिएसी’ थियो । यसको एकचोटि चार्ज गरिएको ब्याट्रीले करिब ६ घन्टासम्म थेग्थ्यो ।
– बजारमा आउनुअघि डायना टिएसीको वजन करिब ७ सय ९४ ग्राम कम गरिएको थियो । त्यसपछि पनि यो यति गह्रौँ थियो कि कसैमाथि कस्सेर प्रहार गरे उसको ज्यानै जान सक्थ्यो ।
– हास्य कलाकार एरिन वाइजले सन् १९८५ मा सेन्ट क्याथरिन बन्दरगाहबाट भोडाफोनको सेटमार्फत फोन गरेर ब्रिटेनमा मोबाइल बातचित सुरु गरेका थिए ।
– ओ२के नामक सेलनेट कम्पनीले सन् १९८५ मा सेवा सुरु गरेपछि मोबाइल बजारमा भोडाफोनको एकाधिकार तोडिएको थियो । भोडाफोनलाई आफ्ना ग्राहकको संख्या दश लाख पुर्‍याउन नौ वर्ष लागेको थियो । जबकि सेलनेटले आएको डेढ वर्षमै दश लाख ग्राहक कमाएको थियो ।
– फ्रान्सिसी व्यवसायी फिलिपा खानले ११ जुन १९९७ मा आफ्नी नवजात छोरीको फोटो खिचेर पहिलोचोटि क्यामेरावाल मोबाइलफोनको प्रयोग गरेका थिए ।
– एरिजोनाको एक कम्पनीले सेप्टेम्बर ००७ मा पहिलोचोटि कुकुरका लागि मोबाइल फोन बजारमा ल्याएको थियो । करिब ४० हजार रुपियाँ मूल्यको त्यो फोनमा जिपिएस सेटलाइट सुविधा पनि जडित थियो ।
– सन् १९९३ मा आयोजित वायरलेस वल्र्ड कन्फरेन्समा आईबीएम सिमोन नामक पहिलो स्मार्टफोन प्रस्तुत गरियो । सुरुआती चरणको टचस्क्रिन सुविधासहित आएको यो स्मार्टमोनमा इमेल, इलेक्ट्रिक पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुक पनि थिए ।
– टेक्स्ट मेसेज र त्यसका लागि आवश्यक अक्षरको अवधारणा जर्मन इन्जिनियर फ्रिडेलहमले सुरु गरेका थिए । टेक्स्ट मेसेजका लागि एउटा पेजमा १ सय ६० अक्षरबराबरको सीमा उनैले निर्धारण गरेका थिए । टाइपराइटरमा काम गर्दैगर्दा उनलाई यस्तो आइडिया फुरेको थियो ।
– पोस्टकार्डको लम्बाइ र बिजनेस टेलिग्रामको अध्ययनपछि फ्रिडेलहमको अवधारणा उपयुक्त रहेको पुष्टि भयो । मोबाइल कम्पनीहरूले १९८६ पछि त्यसैलाई मापदण्ड बनाए ।
– ब्रिटेनमा पहिलो एसएमएस नील पापवर्थ नामक इन्जिनियरले ३ डिसेम्बर १९९२ मा आरबिटल ९०१ ह्यान्डसेटबाट साथी रिचर्ड जाविर्सलाई पठाएका थिए । जहाँ लेखिएको थियो– मेरी क्रिसमस ।
– ब्रिटेनमा सन् २०११ मा मोबाइल फोन उपभोक्ताले डेढ सय अर्बवटा एसएमएस पठाए । जसमा १२ देखि १५ वर्षसम्मका बच्चाहरूको संख्या बढी थियो । उनीहरूले औसतमा प्रतिहप्ता १ सय ९३ वटा एसएमएस पठाए ।
– एक अनुसन्धानअनुसार स्मार्टफोन प्रयोगकर्ताले प्रतिदिन औसतमा बाह्र मिनेट गफ गर्ने गरेका छन् ।
– मोबाइल प्रयोगकर्ताहरूले औसतमा १४ मिनेट गेम खेल्ने गरेका छन् भने १६ मिनेट म्युजिक सुन्छन्, १७ मिनेट सोसल मिडियामा बिताउँछन् । अनलाइन ब्राउजिङमा २५ मिनेट अल्झिन्छन् ।
– मोबाइल ह्यान्डसेटको सबैभन्दा बढी प्रयोग घडी हेर्न गरिएको पाइन्छ ।
– अहिलेसम्म सबैभन्दा बढी बिकेको सेट नोकिया ११०० हो । २००३ मा लन्च भएपछि यसका २५ करोडभन्दा बढी सेट बिकेका थिए ।
– आइफोन पहिलोचोटि जुन २००७ मा अमेरिकामा लन्च गरिएको थियो । उति बेला पहिलो आइफोन सेट पाउने लालसामा ग्राहकहरू मध्यरातदेखि नै पसलबाहिर लाइन बसेको खबर सार्वजनिक भएको थियो ।
– सन् २०११ को अन्त्यसम्ममा विकासशील देशका प्रत्येक सय व्यक्तिमध्ये ७८ सँग मोबाइल थियो । विकसित देशमा यो आँकडा १२२ को थियो ।
– सन् २०१६ मा मोबाइल फोनको बिक्री विश्वभर प्रतिवर्ष २ अर्ब १ करोड युनिट हुने अनुमान गरिएको छ । भारतमा २०१५ सम्ममा यो आँकडा ३२ दशमलव दुई करोड हुनेछ ।
– ब्रिटेन तथा वेल्समा सन् २००८ पछि हरेक वर्ष आठ हजार मानिस ड्राइभिङका क्रममा मोबाइल प्रयोग गरेको आरोपमा अदालतमा पेस गरिन्छन् । यीमध्येका एक चौथाइ मानिस लन्डनका मात्रै हुन्छन् ।
– गुगलको सहायक कम्पनी एन्ड्रायड इन्कले २००७ मा टचस्क्रिन मोबाइल फोन, स्मार्टफोन तथा ट्याब्लेट कम्प्युटरका लागि एन्ड्रायड नामको अपरेटिङ सिस्टम बजारमा पेस गर्‍यो ।
– सन् २०१२ को वर्षमा कुल एक अर्ब ७० करोड मोबाइल सेट बिक्री भए । सबैभन्दा बढी बिक्नेमा सामसुङ, नोकिया र एप्पलका ह्यान्डसेट रहे ।
– भारत, अफ्रिका तथा ब्राजिलजस्ता प्रगत्युन्मुख अर्थव्यवस्था मोबाइल फोनका प्रमुख बजार मानिन्छन् । भारतमा प्रतिमहिना ६० लाख सेट बिक्छन् । (एजेन्सी)

प्रतिक्रिया