प्रहरी हिरासतमा युवकको मृत्यु

उदयपुर, २९ चैत । जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा बुधबार राति एक युवकको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरेको अभियोगमा पक्राउ परेका त्रियुगा नगरपालिका–१, बोक्सेका ३२ बर्षीय प्रमोद बस्नेतको प्रहरी हिरासतम मृत्यु भएको हो ।
बस्नेतलाई विहीवार बिहान जिल्ला अस्पतालमा मृत अवस्थामा ल्याईएको चिकित्सक जगदीश खड्काले जानकारी दिए ।
अत्याधिक मादक पदार्थ सेवनका कारण बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यद्यपि आफन्तले प्रहरीले हिरासतमा कुटपिट गरेका कारण मृत्यु भएको दावी गरेका छन् ।

प्रतिक्रिया