झापामा बर्डफ्लु

भद्रपुर : झापाको थप दुई ठाउँका कुखुरामा बर्डºलु रोगको संक्रमण पुष्टि भएको छ । योसमेत गरी एक सातामा झापाका विभिन्न ६ ठाउँका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो ।
भद्रपुर नगरपालिका–१० मोहम्मद राजाको घरमा पालिएका स्थानीय जातका कुखुरा र पृथ्वीनगर–५ बस्ने गंगा तामाङको घरमा पालिएका स्थानीय जातका कुखुरामा बर्डफ्लु पुष्टि भएको जिल्ला पशुसेवा कार्यालय झापाले जनाएको छ । काठमाडौंस्थित पशुरोग अन्वेषण प्रयोगशालाले मंगलबार जानकारी गराएपछि भद्रपुर नगरपालिका ८१ वटा कुखुरा, पृथ्वीनगर–५मा ९० वटा स्थानीय जातका, ६२ वटा ब्रोइलर कुखुरा र दुई क्विन्टल दाना नष्ट गरिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले जानकारी दिए । यसअघि, झापाको बाहुनडाँगी, मेची नगरपालिका, चन्द्रगढी, कुमरखोद गाविसका कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । (सौस)

प्रतिक्रिया