कांग्रेसका दुई सभापति र कोषाध्यक्षको मृत्यु

Accidentकाठमाडौं, २८ चैत । धनुषा जिल्लामा जीप दुर्घटना हुँदा तीन जना कांग्रेसका नेताको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत धनुषाको लालगढमा आज विहान ना २ च २१८६ नम्वरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा महोत्तरीको भंगहाका सभापति हिमाल उप्रेती, कोषाध्यक्ष बासुदेव साह र भमरपुराका सभापति अनुप नारायण साह रहेको प्रहरीले जनाएको छ ।
नवलपरासीमा जारी महासमिति बैठकबाट महोत्तरीस्थित घर फकर्दै गरेका उनीहरुको जीप बाटोमा रोकिराखेको ट्रकमा ठाक्किएर दुर्घटना भएको थियो ।
उता, ताप्लेजुङमा तिर्थयात्री चढेको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपाकी गीता थापा, काठमाडौंका इश्वरी थापा, रेणु जनजित मगर, गीता दवाडी र मैंया बुडाथोकी रहेका छन् । दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन् ।
पाथीभरा देवीको दर्शन गरेर फर्कदै गरेका उनीहरु ताप्लेजुङको तिरिङगे–९, गुम्रेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यात्रु बसेका ट्याक्टर अचानक गुडेर सडकबाट तीन सय मिटर तल भिरमा खसेको थियो ।

प्रतिक्रिया