सेनाले कोर्‍यो फास्ट ट्रयाकको रेखा

fast-trackहेटौंडा, २८ चैत । दुई वर्षको अन्तरालमा सरकारले महत्त्वका साथ लिएको निजगढ–काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) को पहिलो चरणको रेखांकनको काम सकिएको छ । काम थालेपछि आएका विविध अवरोध पार गर्दै सेनाले गरेको फास्ट ट्रयाकबाट अहिले सवारी गुड्न सक्ने भएका छन् । सेनाले मकवानपुरको लेनडाँडादेखि निजगढसम्मको ४७ किलोमिटर क्षेत्र पूर्णरूपमा सम्पन्न भएको र सरकारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको सेनाले जनाएको छ ।

फास्ट ट्रयाकका लागि ३३ किलोमिटर र कामको सहजताका लागि सर्भिस ट्रयाकका रूपमा १४ किलोमिटर बाटो निमार्ण गरेको छ । तराईबाट सिधै काठमाडौं जोड्ने करिब ७६ किलोमिटरमध्ये ललतिपुरको खोकनाको सात किलोमिटर क्षेत्रमा नयाँ डिपिआर तयार गरिएकाले काम रोकिएको बताइएको छ । काम सुरु हुन समय लाग्ने भएकाले निर्माण पूरा भएकाले निमार्ण सम्पन्न भएको ६९ किलोमिटर क्षेत्र मार्ग लिएर थप काम अघि बढाउन सेनाले आग्रह गरेको छ । सेनाका अनुसार अहिलेसम्म सर्भिस ट्रयाकसहित एक सय किलोमिटर बाटो पार गरिएपछि निजगढको पूर्वपश्चिम मार्ग भेटिनेछ ।
मार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुल्सी सिटौला, फास्ट ट्रयाक आयोजना प्रमुख राजेन्द्रराज शर्मा, नेपाली सेनाका महासेनानी उद्धव विष्ट, सडक विभागका उपमहानिर्देशक रवीन्द्र श्रेष्ठसहितको टोली ट्रयाकको अवलोकनका लागि ललितपुरको चाल्नाखेलबाट गाडीमा आएको थियो । मार्गको अवलोकन गर्दै टोली निजगढ निस्केको थियो । २०६६ कार्तिक २३ गतेबाट नेपाली सेनाले सुरु गरेको काम २०६९ फागुन २७ मा सकिएको सेनाले बताएको छ ।
अवलोकनपछि मन्त्रालयका सचिव सिटौलाले दुई–तीन महिनामा सेनालाई दिएको मापदण्डअनुसार ७ मिटरदेखि १२ मिटर चौडाइमा निर्माणपछि सरकारले निर्माण जिम्मा लिने र ६ महिनापछि कामका लागि कम्पनी आउने बताए । त्यति समयसम्म संरक्षणका लागि के गर्न सकिन्छ भन्नेबारे रक्षासँग छलफल गरिने पनि उनले जानकारी दिए । ललितपुरको खोकनाबाट बाराको निजगढसम्म निर्माण हुने द्रुतमार्गका लागि ६० अर्ब रुपियाँ लाग्ने बताइएको छ । अहिलेसम्म सरकारले मार्गका लागि मुआब्जाबापत ९६ करोड र नेपाली सेनाले ८२ करोड रुपियाँ खर्च गरिसकेको जनाएको छ ।
ललितपुरको खोकनाबाट मकवानपुरको ठिंगन हुँदै बागमती नदीको किनारबाट सिमात र बकैया खोला भएर बाराको निजगढ सडकखण्डमा जोडिने द्रुतमार्गमा ५० मिटरभन्दा लामा ४० वटा पुल र अन्य सानातिना ८० वटा पुल निर्माण हुने द्रुतमार्गमा मकवानपुरको ठिंगनमा एक हजार ३ सय मिटर लामो सुरुङ खनिने भएको छ ।

प्रतिक्रिया