कांग्रेस महासमिति बैठकको बन्द सत्र जारी

NC flag1नवलपरासी, २७ चैत । कांग्रेस महासमितिको बन्द सत्रमा विभिन्न प्रतिवेदन माथी छलफल सुरु भएको छ ।
बन्द सत्रमा उपसभापति रामचन्द्र पौडेलले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने महामन्त्री प्रकाशमान सिंहले महामन्त्रीका तर्फबाट अर्को प्रतिवेदन प्रस्तुत गरेका छन् ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले विधान संशोधन प्रतिवेदन एवं कोषाध्यक्ष चित्रलेखा यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् । प्रतिवेदनमा महासमिति सदस्यहरुले टिप्पणी गर्ने कार्य जारी छ ।
प्रतिवेदनमा राजनीतिक दलहरुसंगको वार्ता, शान्ति प्रक्रिया सम्बन्ध, संविधान सभा विघटनको मुल कारण, सहमतिको सरकार, आसन्न संविधान सभा र संसदको निर्वाचन, पार्टी केन्द्रीय कार्यालयको भवन निर्माण, पार्टीको आन्तरिक संगठन, भातृ तथा शुभेच्छुक संस्थाहरुका सम्बन्ध लगायतका विषयहरु समेटिएको छ ।
उनन्तीस गते सम्पन्न हुने महासमिति बैठकमा १३ सय ३८ प्रतिनिधि र ६० प्रवेक्षक छन् ।

प्रतिक्रिया