सप्तरीमा आगलागीमा परेर ३९ घर नष्ट

Morang-Aagoराजविराज, २७ चैत । सप्तरीको विभिन्न स्थानमा आगलागी हुंदा मंगलवार राति ३९ घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट झण्डै ६५ लाख बरावरको क्षति भएको छ । मेनाहत्रबाहु–३ मा स्थानीय मोहमद सकुल मियाँको घरमा लामखुट्टे धपाउन बालेको घुरबाट करिव अचानक सुरु भएको आगोले ९ परिवारका २४ घर जलेर नष्ट भएका छन् ।
आगोलाई नियन्त्रन गर्ने क्रममा ६ परिवारका ८ वटा घर भत्काईएका छन् । आगलागीमा खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र करिव ६ वटा पशुचौपायासहित ५० लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
सकरपपुरा–६ को कुकर खंगको गाईगोठबाट आज विहान करिव १ वजे अचानक सुरु भएको आगलागीमा परेर स्थानीय जयराम खंग, रामजी खंग, भजु खंग, तेजनरायन खंग, रोहित खंगलगायतका ७ वटा घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट करिव १५ लाख बरावरको क्षति भएको छ । आगलागीमा परेर जायराम खंग समान्य घइते समेत भएका छन । (फाईल तस्विर)

प्रतिक्रिया