मुस्कान बनिन् मिस मंगोल

काठमान्डौं : मिसुमी कस्मेटिक मिस मंगोल–२०१३ को उपाधि ललितपुरकी १९ वर्षीया मुस्कान लिम्बूले हात पारेकी छन् । कार्यक्रममा उनले शीर्षसहित फोटोजेनिकको उपाधिसमेत हात पारिन् । उनले एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेकी छन् ।
त्यस्तै, ललितपुरकी वाणी राईले फस्ट रनर अप र सिन्धुपाल्चोककी सोनु श्रेष्ठ सेकेन्ड रनरअप भए । वाणीले कल्चरल एम्बास्डरको उपाधि जितिन् भने सोनु डिस्सिस्लिन घोषित भएकी थिइन् ।
एक्सन इन्टरटेन्मेन्टको आयोजनामा हालै सम्पन्न कार्यक्रममा होटेल व्यावसायी केएम रञ्जितकार, गायिका रेखा शाह, नेपाली सेनाका उपरथी होमकुमार लावती, मिस मंगोल २०११ सुम्निमा देवान, शिक्षा व्यावसायी पूर्ण लामा, हेयर स्टाइलिस्ट निलडेभिड कटवाल, कलाकार खगेश रञ्जितकार, व्यावसायी तथा चलचित्र निर्देशक राजन श्रेष्ठ, शिवहरि अधिकारीलगायत निर्णायकमण्डलमा रहेका थिए । सौस)

प्रतिक्रिया