नायिका अधिकारीलाई मेगाको साथ

Nisha-Adhikariकाठमाडौं : सगरमाथा आरोहणको तयारीमा रहेकी नायिका निशा अधिकारीलाई मेगा बैंकले पनि साथ दिने भएको छ । बैंकले सोमबार राजधानीमा गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सगरमाथा आरोहण अभियानमा साथ दिने घोषणा गरे । नायिका अधिकारीलाई शुभकामना व्यक्त गर्दै शाहले सगरमाथाको शिखरमा फहराउन मेगा बैंकको लोगो अंकित झण्डा पनि प्रदान गरे ।
‘प्रकृतिलाई रक्षा गरे मात्र हामी पनि सुरक्षित हुन्छौँ’ भन्ने नाराका साथ मंगलबारदेखि सगरमाथा आरोहणको तयारीमा रहेकी नायिका अधिकारीे सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो रोटेरियन महिला तथा टेलिभिजन प्रस्तोता पनि हुन् ।
‘हलोदेखि हाइड्रोसम्म’ लाई मुख्य नारा बनाएको मेगा बैंक ६३ जिल्लाका १२ सय १९ जना मध्यमवर्गीय नेपालीद्वारा स्थापित ‘क’ वर्गको बैंक हो । स्थापनाको छोटो अवधिमा झन्डै एक लाख नेपाली ग्राहकको मन जितेको मेगा बैंकले आगामी केही सातामै सर्वसाधारणका लागि प्राथमिक सेयर निस्कासन गर्दै छ ।

प्रतिक्रिया