बाधा अड्काउको कारण माग

काठमाडौ : अन्तरिम संविधानमा संशोधन गर्न बाधा अड्काउ फुकाउने निर्णयमा सर्वोच्च अदातलले सरकारलाई छलफलका लागि बोलाएको छ । सोमबार न्यायाधीश सुशीला कार्कीको एकल इजलासले के कति कारणले अन्तरिम संविधानमा संशोधन गर्न बाधा अडकाउ फुकाउको व्यवस्था गरिएको हो त्यसको लिखित जवाफसहित १२ वैशाखमा उपस्थित हुन सरकारलाई आदेश दिएको हो ।
अधिवक्ता गोपाल सिवाकोटीले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम संविधानमा संशोधन गर्नुपर्ने कारण मागेको छ । बाधा अडकाउ फुकाएर अन्तरिम संविधान संशोधन गरेपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी अन्तरिम चुनावी सरकारको अध्यक्ष भएका थिए । लामो राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै प्रमुख राजनीतिक दलहरूबीच सहमति भएपछि बाधा अड्काउ फुकाउमार्फत संविधान संशोधन गरिएको थियो ।
सर्वोच्च अदालतले बाधा अड्काउ फुकाउन मिल्ने या नलिल्ने विषयमा छलफल गर्न सरकारलाई बोलाएको हो । १२ वैशाखमा सर्वोच्च मा दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

प्रतिक्रिया