माग पुरा गराउन ‘हिस्टान’ले आन्दोलन गर्ने

काठमाडौं, २६ चैत । उच्च माध्यमिक शिक्षक एसोसिएसन (हिस्टान)ले नेपालले सरकारले आफूहरुका आठ बुंदे माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर ‘हिस्टान’ले सरकारसंग भएका सहमति तत्काल कार्यान्वनयको माग गरेको हो । शिक्षकका अधिकार, सुरक्षाकालगायत आठ बुंदे माग सम्बोधन गराउन दवावका लागि ११ र १२ को परीक्षा सकिएलगतै आन्दोलन गर्ने हिस्टानको भनाई छ ।
संघले उच्च माध्यमिक शिक्षक एसोसिएसन नेपालसंग राज्यले विगतमा गरेका सहमति तथा सम्झौताहरु तुरुन्त कार्यान्वयन गराउन पनि माग गरेको छ ।
अध्यक्ष दीपकराज सुवेदीले नीजि तथा सामुदायिक उच्च माविहरुमा कार्यरत शिक्षकहरुको सेवा सर्त र सुविधाको ग्यारेन्टी एवं नियुक्तिपत्रको व्यवस्था गर्न माग गरे ।

प्रतिक्रिया