क्षत्री समाज बैशाखभित्र राजनीतिक दल बन्ने

Dilbahadur-Kshetriकाठमाडौं, २६ चैत । क्षत्री समाज नेपालका अध्यक्ष दिलबहादुर क्षत्रीले आगामी बैशाखभित्र आफूहरु नयां शक्तिका रुपमा आउंने दोहराएका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनले क्षत्री समाजलाई दलको रुपमा स्थापित गर्ने बताए । ‘राजनीतिक शक्तिहरु देशी विदेशी दलालहरुको दासत्व स्वीकार गरेर राष्ट्रियता, अखण्डता, जातीय सद्भाव, आत्मसम्मान र स्वाभिमानमाथि जुवा खेलेका छन्,’ उनले आरोप लगाए ।
उनले वैकल्पिक शक्तिले मुलुकलाई संक्रमणकालबाट माथि उठाउने बताए ।
उनले भने, ‘मुलुकका स्थापित पार्टी र नेताहरु असफल हुंदै आत्मसमर्ण गरेको अवस्थामा देशवासीहरुले वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिरहेको अवस्थामा हामीले नयां शक्तिको उदय गर्ने भएका हौं ।’

प्रतिक्रिया