दलितको कथामा दमन

DAMAN-postarकाठाडौं : दलितले उनीहरूकै जातिलाई गर्ने व्यवहारको विषयलाई कथाका रूपमा प्रस्तुत गरिएको चलचित्र दमन प्रदर्शनको तयारीमा छ । हेरी कट्टेल, सुष्मा भारती, सुरवीर पण्डितलगायत कालाकारको अभिनय रहेको यस चलचित्रका निर्देशक विश्वास भण्डारी हुन् ।
दलितबीच उत्पन्न भेदभावलाई विस्तृत रूपमा चलचित्रमा उतारेको निर्देशक भण्डारीले जानकारी दिए । भने, ‘अहिलेसम्म चलचित्रमा नसमेटिएको विषयवस्तु यसमा समेटिएकाले पनि यसले सफलता हात पार्छ ।’
चलचित्रमा संगीत सिर्जन थापा, द्वन्द्व चन्द्र पन्त, नृत्य सुरेश चौधरी/कमल खालिङको छ भने यसलाई गौरीशंकर तामाङ रमेश विकले संयुक्त रूपमा निर्माण गरेका हुन् । केही समयअघि विशेष सो गरिएको यस चलचित्रलाई छिट्टै सार्वजनिक प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ । (सौस)

प्रतिक्रिया