चलचित्र र भिडियोमा एकसाथ कैलाश

kalish-photoकाठमाडौं : महजोडीको टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा प्रहरीनिरीक्षकको भूमिका निर्वाह गर्दै आएका कैलाश भण्डारीले त्यही भूमिकाबाट अभिनयमा चर्चा पनि पाए । लेखनबाट कलायात्रा सुरु गरेका बुढालीनकण्ठ काठमाडौंका कैलाशले प्रहार, मायाको बारीमा, लभ फरलगायत अहिले सम्म दर्जनौँ चलचित्रमा अभिनयक्षमता देखाइसकेका छन् । धेरै संख्यामा चलचित्रभन्दा पनि छानेर राम्रा ब्यानरका चलचित्रमा मात्र काम गर्ने कैलाशले केही चलचित्रमा हास्य खलपात्र सागर अन्सारीका साथ पनि काम गरेका छन् । पछिल्लो समयमा म्युजिक भिडियोमा समेत व्यस्त रहेका कैलाश चलचित्र र म्युजिक भिडियो दुबै क्षेत्रको अभिनयलाई मिलाएर सँगै लैजाने सोचाइमा छन् । उनी भन्छन्, ‘यी दुबैका अभिनय मेरा लागि महत्वपूर्ण छ ।’ (सौस)

प्रतिक्रिया