कांग्रेस महासमिति बैठकको चहलपहल

नवलपरासी : कांग्रेसको सानो महाधिवेशनका रुपमा हेरिने महासमितिको बैठक सोमबारबाट नवलपरासीमा हुँदै छ । बैठकको उद्घाटन सदरमुकाम परासीमा हुने र बन्दसत्र ऐतिहासिक भूमि त्रिवेणीमा गरिने कार्यक्रम रहेको नेपाली कांग्रेसका नवलपरासी सभापति देवेन्द्रराज कँडेलले बताए ।
करिब एक हजार तीन सय ३८ महासमिति सदस्य सहभागी हुने महासमितिको बैठकको तयारीका लागि कांग्रेस सभापति सुशील कोइरालालगायत अधिकांश नेता नवलपरासीमा आइपुगेका छन् ।
‘बैठकले संविधानसभाको निर्वाचन रणनीति तय गर्ने, मुलुकको राजनीतिक निकास, पार्टीको विधान संशोधनलगायत महत्त्वपूर्ण विषयमा निर्णय हुनेछ,’ कांग्रेस जिल्ला सचिव विष्णु लामिछानेले भने । (सौस)

प्रतिक्रिया