नेपाल बन्द खुलेसँग चहल पहल सुरु

banda-ma-hiddaiकाठमाडौं, २५ चैत । नेकपा–माओवादीसहित साना ३३ दलले आह्वान गरेको नेपाल बन्द फिर्ता भए लगत्तै मुलुक भरिको जनजीवन सुचारु भएको छ ।
बन्द खुलेपछि राजधानीलगायत मुलुकका प्रमुख शहरमा सर्वसाधारणको उल्लेख्य चहलपहल सुरु भएको हो । सार्वजनिक सवारी साधन पनि चल्न थालेको प्रहरीले जनाएको छ ।
बन्दले शिक्षण, यातायात, कलकारखाना, बजारलगायत सबै क्षेत्र प्रभावित भएका थिए । बन्द उलंघन गरेको भन्दै केही स्थानमा नेकपा–माओवादीका कार्यकर्ताले सवारी साधनमा तोडफोड समेत गरेका थिए ।
प्रमुख चार राजनीतिक शक्ति एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको सहयोगमा प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन भए पछि नेकपा–माओवादीसहितका साना दलहरु विरोधमा उत्रिएका छन् । उनीहरुले वर्तमान सरकार खारेजीको माग गर्दै आएका छन् । (फाईल तस्विर)

प्रतिक्रिया