राईलाई छाड्न नेविसंघको दवाव

nepal student uniyanकाठमाडौं, २५ चैत । नेपाल विद्यार्थी संघले हत्या आरोपमा पक्राउ परेका आफ्ना केन्द्रीय सदस्य सूर्य राईलाई रिहाई गर्न दवाव दिएको छ ।
नेविसंघले आज विज्ञप्ति जारी गरेर सदस्य राईलाई तत्कालविनासर्त रिहा गर्न माग गरेको हो । ‘केन्द्रीय सदस्य सूर्य राईलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेविसंघ केन्द्रीय समिति घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
नेविसंघका केन्द्रीय सदस्य राईलाई प्रहरीले हत्या आरोपमा शनिबार सुनसरी जिल्लाबाट गिरफ्तार गरेको थियो । नेविसंघले राईलाई प्रहरीले रिहाई नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया