गैडाको आक्रमणबाट दिदीबहिनी घाइते

black-गीतानगर, २५ चैत । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैडाको आक्रमणबाट पश्चिम चितवनको गीतानगरमा आज दुई दिदीबहिनी घाइते भएका छन् ।
गैडाको आक्रमणबाट गीतानगर १ की ३५ वर्षीया बाला अधिकारी र २८ वर्षीया मुना अधिकारी घाइते भएकी हुन् ।
चितवन राष्टिय निकुञ्जको पश्चिम सेक्टर राप्ती नदी किनारा नजिकै घाँस काटिरहेको समयमा गैडाले आक्रमण गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अमिर मर्हजनले जानकारी दिए । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बच्चा सहित रहेको गैडाले आक्रमण गरेपछि साथीहरुको सहयोगमा गैडालाई भगाइएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया