भारतबाट दाङका तीन बालकको उद्धार

Nepali-Balak-Indiaकाठमाडौं, २५ चैत । नेपाली जनसम्पर्क समिति भारतले नयाँ दिल्लीबाट तीनजना नेपाली बालकहरूको उद्धार गरेर घर पठाएको छ ।
समितिका अध्यक्ष बालकृष्ण पाण्डे र माइती इण्डियाको पहलमा शनिबार दाङ घर भएका तीन जना बालकलाई फिर्ता पठाईएको जारी विज्ञप्तिमा उल्लेख छ । दाङ फिर्ता पठाईएका तीन जना बालकको गाविसका बारेमा भने केही बताईएको छैन ।
विभिन्न कारणले घर छाडेका सतिष बिक, प्रेम नेपाली र अभोयबहादुर परियारलाई उद्धार पछि घर पठाएको समितिले जनाएको छ । उनीहरुलाई आफन्तको जिम्मा लगाईएको छ ।
उमेर नपुगेका बालबालिकाहरुलाई घरेलु कामदारका लागि उल्लेख्य रुपमा भारतमा ल्याएर राख्ने गरेको समितिले जनाएको छ ।
यसअघि पनि समितिले छ जना बालकहरुलाई २४ मार्चमा स्वदेश फिर्ता गराएको थियो ।
भारतमा रहेका झण्डै एक सय पचास भन्दा बढि नेपाली बालबालिक खोजिदिन परिवारजनले अनुरोध गरेको समितिले उल्लेख गरेको छ ।

प्रतिक्रिया