नेपाल बन्दका कारण जनजीवन प्रभावित

birat-bandaकाठमाडौं, २५ चैत । नेकपा–माओवादीसहित साना ३३ दलले आह्वान गरेको नेपाल बन्दका कारण विहानैदेखि मुलुक भरिको जनजीवन प्रभावित बनेको छ ।
बिहानै सडकमा उत्रिएका बन्दकर्ताले सवारी आवागमनका साथै बजार, पसल, शिक्षण संस्था, उद्योग, कलकारखानालगायत बन्द गराए पछि जनजीवन प्रभावित भएको हो । बन्द सफल बनाउन केही स्थानमा नेकपा–माओवादीका कार्यकर्ताले सवारी साधनमा तोडफोड समेत गरिदिएका छन् ।
बन्दको प्रभाव राजधानीका साथै मुलुकका अधिकांस स्थानमा परेको प्रहरीले जनाएको छ । सरकारले बन्दमा अप्रिया घटना हुन नदिन सडकमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरेको छ ।
प्रमुख चार राजनीतिक शक्तिले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरे पछि आक्रोशित नेकपा–माओवादीले मोर्चा गठन गरेर सडकमा उत्रिएको छ । सो मोर्चाले रेग्मी सरकारको खारेजी माग गर्दै आएको छ । (फाईल तस्विर)

प्रतिक्रिया