शिक्षण अस्पताललाई ३ अर्बको सहयोग आउदै

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जले ३ अर्ब ५० करोड रुपियाँ बराबरको उपकरण तथा सामग्री सहयोगस्वरूप प्राप्त गर्ने भएको छ ।
रोटरी इन्टरनेसनलको सहकार्यमा अमेरिकास्थित कमिसन अफ अरजेन्ट रिलिफ एन्ड इक्युपमेन्ट (क्योर)ले अस्पताललाई आवश्यक आधुनिक उपकरण सहयोग गर्न लागेको हो । पूर्वसभामुख तारानाथ रानाभाटको आग्रहमा क्युरले रोटरीमार्फत अस्पतालमा आवश्यक उपकरण उपलब्ध गराउन लागेको रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष धु्रव थापाले जानकारी दिएका छन् । थापाका अनुसार सहयोग सामग्री तीन महिनाभित्र अस्पतालमा आइपुग्ने छन् । अस्पतालमा आवश्यक पर्ने उपकरणको अध्ययन गर्न क्योरका प्रतिनिधि नेपाल आइपुगेको अस्पतालका चिकित्सक डा. प्रभु वैद्यले बताए । वैद्यका अनुसार क्योरका प्रतिनिधिले अस्पतालमा आवश्यक उपकरणको सूची बनाएर गएपछि मात्र ती उपकरण आउनेछन् । आधुनिक सिटी स्क्यान, इन्डोस्कोपीका सामान, डिजिटल कोलोनोस्कोपिक मेसिन, मोनिटरदेखि साधारण सामग्रीको सूची बनाइएको अस्पतालले जनाएको छ । (सौस)

प्रतिक्रिया