केटी र रसेल फेरि एक हुने

katy-russellएजेन्सी : हलिउडकी गायिका अभिनेत्री केटी पेरी र रसेल ब्रान्ड फेरि जोडिने भएका छन् । जोन मेयरसँग केही समयअगाडि अलग्गिएकी केटीले पुन: रसेलसितै सम्बन्ध बनाउने भएकी हुन् । केटी र रसेलको जोडी पुन: श्रीमान्–श्रीमतीकै रूपमा अगाडि आउने भएको छ । रसेल पनि केटीसँगको आºनो सम्बन्ध पुन: बनाउनका लागि जोडतोडले लागेका छन् ।
३७ वर्षीय रसेलको पहिलो विवाह पनि केटीसँगै नै भएको थियो तर विवाह भएको केही समयमै यी दुबै पारिवारिक तनाबको समस्या देखाउँदै अलग्गिएका थिए । रसेलसँग अलग्गिएपछि केटी जोन मेयरसँग सम्बन्ध बनाउन पुगिन् तर पछिल्लो केही समयदेखि मेयरसँगको उनको सम्बन्धमा पनि तनाब सृजना हुन पुग्यो । सोही तनाबका कारण उनी केटी जोनसँग पनि छुट्टिएर रसेलसित नजिकिन पुगिन् । केटी रसेलसँग त्यसै नजिकिन पुगेकी हैनन् । जोनसँगको तनाबबाट छुट्करा दिलाउन रसेलले विशेष भूमिका खेल्दै पनि आएका छन् ।
रसेल देख्नमा जे जस्तो भए पनि समझदार स्वभावका भएकाले केटी जोनसँग छुट्टिनेबित्तिकै रसेलकहाँ पुगेको अनुमान गरिएको छ । यी दुबैले अहिले औपचारिक रूपमा विवाहको घोषणा नगरे पनि धेरैजसो समय सँगै बिताउने गरेका छन् । ‘जब यी दुबै एक–अर्काको साथमा रहन्छन्, श्रीमान्–श्रीमतीको जस्तो व्यवहार गर्छन्’, एजेन्सीले समाचारमा खुलाएको छ । केटी र रसेलको पूर्वविवाह भारतमा भएको थियो । विवाह भएको १४ महिनापछि डिसेम्बर २०११ मा यी दुबै एक–अर्कासँग छुट्टिएका थिए ।

प्रतिक्रिया