भिरबाट लडेर मृत्यु

Gulmi Districtगुल्मी, २४ चैत । गुल्मी जिल्लाको सिमीचौरमा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिमीचौर–५, रैयाका ५३ वर्षीय बाबुराम अर्याल रहेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो सिमीचौरमा निर्माणाधिन रेसुङ्गा विमानस्थलमा भएको कार्यक्रममा देखिएका अर्याल आज विहान आफ्नै घर नजिकैको भिरबाट लडेको अबस्थामा फेला परेका हुन् ।
राति घर नआएपछि खोज्ने क्रममा उनकी श्रीमति दमन्ताले विहान ७ बजे घर नजिकै रैयाको भिरमा शव फेला परेकी हुन् । मृतक अर्यालका २ श्रीमति छन् ।

प्रतिक्रिया