मोटरसाईकल दुर्घटनामा दुई घाईते

bhim-dahalदोलखा, २४ चैत । दोलखाको चरिकोटमा आज भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाईते भएका छन् ।
मैनापोखरी तर्फ जाँदै गरेको बा ५४ प ६६३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको बा २ ख ६२०५ नम्बरको अरनिको सुपरएक्सप्रेस बसले नाम्दु गाविस वडा नम्वर ३, डाँडागाउँमा ठक्कर दिएको प्रहरीले जनाएको छ । घाईतेलाई चरिकोटमा उपचार सम्भब नभएपछि थप उपचारका लागि काडमाडौं लगिएको छ ।
घाईते हुनेमा भीम दाहाल र टीका घिमिरे रहेका छन् । घाईते दाहाल शिक्षक हुन् ।

प्रतिक्रिया