रामपुर क्याम्पसका प्रध्यापक, कर्मचारी आन्दोलित

Rampur-Campusचितवन, २४ चैत । विगत तीन महिनादेखि तलब नपाएको भन्दै कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनका प्रध्यापक र कर्मचारी आन्दोलित बनेका छन् ।
विभिन्न कारणले लागातार बन्द हुँदै आएको क्याम्पस फेरि बन्द भएको हो । यस अघि तीनवटा प्रध्यापक संघले क्याम्पस बन्द गराई सकेका छन् । माग पुरा नभए सम्म क्याम्पस खुल्न नदिने उनीहरुको चेतावनी छ ।
त्रिवि प्रध्यापक संघ सहित नेकपा माओवादी निकट नेपाल राष्ट्रिय प्रध्यापक संगठन, कांग्रेस निकट प्रजातन्त्रवादी प्रध्यापक संघ, एमाले निकट नेपाल प्रगतिशील प्रध्यापक संगठनसहित कर्मचारी संगठन एकै साथ आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया