कारागार भित्रै कैदीद्वारा आत्महत्या

karagarधनगढी, २४ चैत । बझाङ कारागार भित्र एकजना कैदीले गएराती आत्महत्या गरेका छन् । कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका बझाङ जिल्ला सुवेडा गाविस खगेडाका २६ वर्षीय हरिप्रसाद जैशीले कारागार भित्र रहेको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
शौचालयमा जैशीले चामलको बोराको डोरी बनाई झुण्डिएर आत्महत्या गरेको बझाङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उदय तामाङले बताए । २०६८ साल मसिर २२ गते आफ्नै हजुरबुबा नाता पर्ने पुरन जैशीको हत्या गरेपछि उनी जेल सजाय भोगिरहेका थिए । आत्महत्या गर्ने जैशी नेपाली सेनाका भगौडा जवान हुन् । उनले घरबिदामा आएको बेला पूरनको हत्या गरेको तामाङले जानकारी दिए ।
कारागारको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सुतेको मौका छोपी कैदी जैशीले आत्महत्या गरेको कारागार प्रमुख मिन लामिछानेले बताए ।

प्रतिक्रिया