एमाले नेता झा एमाओवादीमा प्रवेश

Ramchandra-jha-n-Puspakamalकाठमाडौं, २४ चैत । एमालेका पोलिटव्युरो सदस्य रामचन्द्र झा एमाओवादीमा प्रवेश गरेका छन् ।

नेता झासँगै एमालेकी पूर्व सभासद लक्की शेपा, युवा संघका नेता हरेन्द्र यादवलगायतका नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका हुन् । पार्टी मुख्यालय कोटेश्वरमा आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले एमालेका नेता कार्यकर्ताहरुलाई सदस्यता प्रदान गरेका हुन् ।
नेता झाले केही समय अघि असन्तुष्टि जनाउँदै एमालेबाट राजीनामा दिएका थिए । झालाई एमालेले आफ्नो पुरानो जिम्मेवारीमा फर्कन वारम्वार आग्रह गर्दै आएको थियो । यद्यपि उनले अटेर गर्दै आएका थिए ।
शेर्पा र अन्य नेताहरु पनि एमालेमा असन्तुष्टि जनाउँदै आएका थिए ।
एमालेसँग संघीयताका विषयमा विचार नमिले पछि एमाओवादीमा प्रवेश गरेको झाले बताए । ‘संघीयता लगायतका विषयमा विचार नमिले पछि एमाले त्यागेको हुँ,’ उनले भने, ‘एमालेमा मधेसका लागि कुनै पनि योजना छैन ।’
एमाओवादी अध्यक्ष दाहालले पार्टीमा आउन चाहनेलाई स्वागत गरिने बताए । ‘एमाओवादीमा कोही प्रवेश गर्न चाहन्छ भने ढोका खुल्ला छ,’ उनले भने, ‘केही दिन पछि अझै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमाओवादीमा प्रवेश गर्दै छन् ।
उनले एमाओवादीप्रति जनताको आकर्षण बढ्दै गएको दाबी गरे ।

प्रतिक्रिया