चितवन मेडिकल कलेजमा अनुसन्धान केन्द्र

काठमाडौं : चितवन मेडिकल कलेजमा ‘हेल्थप्रोफेसनल्स् एजुकेसन एन्ड रिसर्च सेन्टर’नामक अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।
उक्त अनुसन्धान केन्द्रको हालै एक कार्यक्रमका बीच चितवनका सिडिओ हिमनाथ दवाडीले उद्घाटन गरेका थिए । केन्द्रले औषधी, बिरामी र रोगको अनुसन्धान गर्ने कलेजका अध्यक्ष डा. हरीशचन्द्र न्यौपानेले जानकारी गराए । न्यौपानेका अनुसार अब नेपाली विद्यार्थी एवं डाक्टरहरू अनुसन्धानका लागि बाहिर जानुपर्ने बाध्यता हट्नेछ । कलेजको त्रैमासिक जर्नलको सिडिओ दवाडी, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. महेन्द्रराज न्यौपाने र प्रा.डा. हरीशचन्द्र न्यौपानेले संयुक्त रूपमा विमोचन गरेका थिए । (सौस)

प्रतिक्रिया