मनको बारी माझैमाझ…

rajमनको बारी माझैमाझ, डुली हिँड्ने को होला
हृदयको बगैँचामा, फूलिरहने को होला
मनको बारी… … … …

सधैं सधैं तड्पाउने, पर्खाउने मायालुलाई
कोमल दिलको भित्रभित्रै चर्काउने मायालुलाई
स्वागत भन्छु जीवनभरि साथ दिन आइदेऊ
जुनी जुनी नमेटिने चोखो माया लाइदेऊ
मनको बारी… … … …

dew-dropसपनीमा विपनीमा झस्काई झस्काई सताउनेलाई
वसन्तको सुवाससागै प्रेमपत्र पठाउनेलाई
बिन्ती छ नि कोइलीलेझैँ प्रीतको गीत गाइदेऊ
चुहिएको छाती मेरो माया लगाई छाइदेऊ
मनको बारी… … … …

प्रतिक्रिया