प्राथमिकता संविधानसभा निर्वाचन: रेग्मी

khilrajकाठमाडौं, २३ चैत । अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सरकारको प्राथमिकता संविधानसभाको निर्वाचन रहेको दोहराएका छन् ।
काठमाडौंमा आज देखि सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको गरिबी निवारण सम्बन्धि तेस्रो मन्त्रिस्तरीय सम्मेलनको उद्घाटन कार्यक्रममा रेग्मीले निर्वाचन तोकिएकै समयमा गर्न आफू तयार रहेको बताए ।
उनले संविधानसभाको निर्वाचनपछि देशमा राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे ।
सार्कको गरिबी निवारणसम्बन्धि दोस्रो सम्मेलन पाँच वर्षअघि सन् २००८ मा माल्दिभ्सको राजधानी मालेमा सम्पन्न भएको थियो ।
यो सम्मेलनले सार्क विकास लक्ष्यलाई सन् २०१५ कायम गर्ने र सार्क विकास रिपोर्ट निकाल्नेलगायतका विषयहरुलाई टुंग्याउनेछ ।

प्रतिक्रिया