सिन्धुलीमा जंगलको आगो घरगोठसम्म

Sindhuli Districtसिन्धुली, २२ चैत । सिन्धुलीको महादेवस्थान–३, पोख्रेदमारमा जंगलबाट फैलिएको आगोले आज पांच घरगोठमा क्षतिपुराएको छ ।
आगलागीबाट घरगोठ जलेर नष्ट भएको वडिमुहान स्वास्थ्य चौकीका प्रमुख राजकिशोर साहले जानकारी दिए । स्थानीय नरवहादुर गोले, सनकसिंह गोले, पूर्णवहादुर गोले र जुरेलीमाया भोलनका पँंच घरगोठ जलेर नष्ट भएका हुन् ।
नजिकैको जंगलमा लागेको आगो फैलिएर गाउंमा प्रवेश गरेको हो । जंगलको आगो नियन्त्रणमा लिन सक्ने अवस्था नभए पनि आगोलाई घरसम्म आउंन नदिन स्थानीयले पहल गरेका छन् ।

प्रतिक्रिया