नेकपा–माओवादीका पूर्वसभासद बुढा पक्राउ

Humlaकाठमाडौं, २२ चैत । हुम्ला जिल्लामा आज एमाओवादी, कांग्रेस र नेकपा–माओवादीका कार्यकर्ता एवं प्रहरीबीच झडप भएको छ ।
स्थिति नियन्त्रण बाहिर जान थाले पछि प्रहरीले बल प्रयोग गरेर नेकपा–माओवादीका जिल्ला ईञ्चार्ज एवं पूर्व सभासद कर्णजीत बुढासहित केही नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एमाओवादी र एमालेका स्थानीय नेताहरु पनि छन् । झडपमा केही नेता तथा कार्यकर्ता पनि घाईते भएको नेकपा–माओवादीले दाबी गरेका छ ।
नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषालले आज विज्ञप्ति जारी गरेर कांग्रेसले प्रहरीलगाएर आफ्ना नेताहरु माथि लाठी प्रहार गराएको आरोप लगाएकी छन् । उनले पक्राउ परेका आफ्ना नेताहरुको रिहाई माग पनि गरेकी छन् ।
स्थानीयस्तरमा राजनीतिक विषयमा विवाद हुंदा सबै दलका नेताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । दलका नेताहरु बीच विवादले उग्र रुप लिए पछि झडप भएको थियो ।

प्रतिक्रिया