लोडसेडिङको विरोधमा लाल्टिन उपहार

aaराजविराज, २२ चैत । दैनिक १७ घण्टा लोडसेडिङ हुँदा समेत सरकारले ध्यान नदिएको भन्दै सप्तरीवासीले अन्तरीम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई पुरानो लाल्टिन उपहार पठाएका छन् ।
लोडसेडिङको विरोध गर्दै उद्योग वाणिज्य संघ सप्तरीको अगुवाईमा प्रमुख जिल्ला अधिकारी हरिराज पन्त मार्फत रेग्मीलाई लाल्टिन उपहार पठाएका हुन् । मुलुकका अन्य जिल्ला सरह विद्यूत आपूर्ति हुनु पर्ने, भारत सरकारवाट प्राप्त कोशी सम्झौता अनुसारको सम्पुर्ण विद्युत सप्तरीमै उपलब्ध गराउनु पर्ने तथा सप्तरीलाई राष्ट्रिय प्रशारण लाईनमा जोडिनु पर्ने माग सप्तरीवासीको छ ।
उवासंघ सप्तरीका उपाध्यक्ष शंकर दासले सदरमुकाम राजविराजमा दैनिक १७ घण्टा वढि लोडसेडिङ हुँदा उद्योग, ब्यापार चौपट भएको गुनासो गरे । ‘गाविसवासीका घरमा मिटर जडान गरेको कुरा महिना मरेपछि विल आउदा मात्र सम्झन्’ दासले भने–‘यो कुरा सम्माननिय अध्यक्ष ज्यू समक्ष पुर्‍याई दिनुहोस ।’ सर्वसाधारणले भने न्यायोचित विद्युत आपूर्ति वा न्यूनतम शुल्क मिनाहाको माग गरे । माग सुनवाई नभए आन्दोलनको अर्को चरणमा घरमा जडित मिटर खोलेर उपहार पठाउने उनीहरुले चेतावनी दिएका छन् । क्रिकेट अवधिभर मुलुकभर लोडसेडिङ्ग नगर्न वुधवार मन्त्रीले दिएको निर्देशन सप्तरीमा उलंघन भएको आरोप लगाउदै उनीहरुले नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रलेसरकारको निर्देशनलाई समेत चूनौती दिएको आरोप लगाए ।

प्रतिक्रिया