राजनीतिक दलका रुपमा आउंदै क्षत्री समाज

Dilbahadur-Kshetriदाङ, २२ चैत । क्षत्री समाज नेपालका अध्यक्ष डा. दिलवहादुर क्षत्रीले सवै जातजातिलाई समेटेर राष्ट्रवाद र सहअस्तित्वसहितको समाजवादी शक्तिका रुपमा राजनीतिक पार्टी खोल्ने जनाएका छन् ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज तुल्सीपुरमा आयोजना गरेको कार्यक्रममा क्षत्रीले नयांपार्टी भित्र सवै धर्म, जातजातिका ब्यक्तिलाई समावेस गरिने बताए । ‘क्षत्री समाजनलाई पार्टीका रुपमा दर्ता गरेर अधिकारका लागि लड्छौं,’ उनले भने ।
उनले आफूहरुले उठाएका मागलाई राजनीतिक दलहरुले सम्बोधन नगरेकै कारण वाध्य भएर अधिकार र पहिचानका लागि पार्टी खोल्न लागेको बताए ।

प्रतिक्रिया