सप्तरीमा आगलागी हुंदा २५ घर नष्ट

Morang-Aagoराजविराज, २२ चैत । सप्तरीको वकधुवा–१ मा आज दिउंसो भएको आगलागीमा परेर १५ परिवारका २५ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिव ५० लाख रुपियां बराबरको क्षति भएको प्ररम्भीक अनुमान छ ।
आगलागीको पूर्ण विवरण आईनसकेको प्रहरीले जनाएको छ । स्थानीय वुधाई यादवको भान्साकोठावाट सुरु भएको आगोले मौजे खंग, मोहन खंग, डम्वर खंग, रामदेव खंग, शम्भु खंगलगायतको घर तथा अन्नपातलगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको महुली प्रहरीले जनाएको छ ।
तत्काल पुगेको प्रहरी, वारुणयन्त्र र स्थानीयको पहलमा आगलागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । यस अघि गत सोमवार मात्र सोही गाविसको वडा नम्वर ३ मा आगलागी हुंदा ४१ परिवारका ५५ घर जलेर नष्ट भएका थिए ।
यसैवीच, तेरहौता–४ मा विहीवार भएको आगलागीमा करिव २ लाख वरावरको धनमाल क्षति भएको छ । गहु झार्न प्रयोग गरिएको देवनारायण साहको थ्रेसरबाट निस्केको आगोले नोक्सानी गरेको हो । (फाईल तस्विर)

प्रतिक्रिया