बैशाख मसान्तसम्म हतियार नबुझाए कारवाही

Simhadarbarकाठमाडौं, २२ चैत । माओवादी नेताको सुरक्षाका लागि बाहिर राखिएका हतियार बैशाख मसान्तसम्म फिर्ता गर्न सरकारले आग्रह गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले भिआईपी सुरक्षाका लागि भन्दै माओवादी नेताहरुसंग रहेका ३२ थान हतियार फिर्ता नगरे कारवाही गर्ने निर्णय गरेको हो । माओवादी नेताहरुसंग रहेका हतियार फिर्ता लिने जिम्मा शान्ति तथा पूनर्निर्माण मन्त्राललाई दिईएको छ ।
सेना समायोजन विशेष समितिले माओवादीसंग राखिएका हतियार फिर्ता गराउन सरकारलाई आग्रह गरेपछि मन्त्रिपरिषद्को बैठकले माओवादी नेतालाई हतियार बुझाउन भनेको हो ।
यस्तै पूर्व माओवादी लडाकु राखिएको शिविरमा विजुली र खानेपानीको रकम लामो समय देखि भुक्तानी नगरिएको भन्दै मन्त्रिपरिषद्को बैठकले रकम भुक्तानी गर्न निर्देशन दिएको छ । आउँदो मे २ देखि ५ गतेसम्म भारतमा आयोजना हुने एसियाली विकास बैंकको विश्वस्तरीय सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधि टोली पठाउने निर्णय सरकारले गरेको छ ।

 

प्रतिक्रिया