असारमा निर्वाचन नभए आन्दोलनः बोगटी

Posta Bahadur Bogat 1काठमाडौं, २१ चैत । एमाओवादीका महासचिव पोष्टबहादुर बोगटीले निर्वाचन आयोगले अहिले जिब्रो जपाएर बोल्नु नहुँने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा महासचिव बोगटीले मन्त्रिपरिषदका अध्यक्षलाई भेटेर असारमा निर्वाचन नभए आन्दोलनमा जाने चेतावनी दिईसकेको बताए ।
‘असारमा निर्वाचन हुन नसक्ने हो भने के कारणले हुन नसक्ने हो तथ्य सहित बाहिर ल्याउनु पर्छ,’ उनले भने, ‘कारण पनि बाहिर ल्याउन नसक्नु र निर्वाचन पनि हुन नसक्ने अवस्था पैदा गर्नुले आशंका पैदा भएको छ ।’
पूर्व सहमति अनुसार असारको पहिलो साता भित्र संविधानसभाको निर्वाचन नभए आन्दोलनमा जाने चेतावनी दिए ।
बोगटीले भने, ‘असारको पहिलो साताभित्र निर्वाचन घोषणा गर्ने गरी तत्काल मिति घोषणा नगरे आन्दोलन गर्छौ ।’ उनले असार पहिलो साताभित्रै निर्वाचन गर्ने सर्तमा सरकार र निर्वाचन आयोग गठन भए पनि अहिले निर्वाचनको मिति घोषणा गर्न ढिलाई हुँदा गम्भीर आशंका उत्पन्न भएको बताए ।
मन्त्रिपरिषद सदस्य र निर्वाचन आयोगका आयुक्तहरुले असार भित्रै निर्वाचन गर्ने मनस्थितिका साथ सपथ खाएका उनको भनाई छ । उनले भने, ‘तर अहिले उनीहरु अल्मलिएका छन् ।’
एमालेका नेता भीम रावलले दलहरुवीच काबु बाहिरको परिस्थिति र प्राविधिक कठिनाई भए मंसिरमा निर्वाचन गर्ने सहमति भएको दावी गरे । अहिले असारमै निर्वाचन नभए आन्दोलन गर्छु भन्ने एमाओवादीको धम्की सत्ताबाट हट्नु परेको पीडा भएको उनले बताए ।

‘असारमै निर्वाचन गराउनका लागि धेरै कानुनी तथा अन्य कुरामा सम्झौता गर्न पनि सकिन्छ तर मतदाताको सहभागिता, निर्वाचन सामग्री ओसारपसारलगायत अन्य व्यवस्थापन पनि गर्नुपर्ने भएकाले त्यसबाट कस्तो परिणाम निस्कन्छ भन्ने कुरा प्रमुख हुन आउँछ,’ उप्रेतीले भने । यसबारे प्रमुख दलका नेता र सरकारलाई पटक–पटक जानकारी गराइसकेको उनले बताए । ‘चुनाव कुन समयमा गर्दा राम्रो हुन्छ भन्ने कुरा पनि उहाँ(नेताहरू)हरूलाई भनेको छु,’ उप्रेतीले भने ।
फोटोसहितको मतदाता नामावली संकलन गरी अन्तिम रूप दिइसकेपछि पनि निर्वाचनका लागि दुई महिनाभन्दा बढी समय आवश्यक पर्ने आयोगले जनाएको छ । ‘तर, अहिले त मतदाता नामावली संकलन नै स्थगन गरिएको छ,’ उप्रेतीले भने ।

प्रतिक्रिया