‘ईयू’द्वारा चुनावी वातावरण बनाउन दवाव

euकाठमाडौं, २१ चैत । युरोपियन यूनियन (ईयू)ले तोकिएकै समयमा सबै राजनीतिक दलहरुलाई समेटेर संविधानसभाको निर्वाचन गर्न सुझाव दिएका छन् । उनले राजनीतिक सहमति विना निर्वाचन गर्न समस्या हुने जनाएको छ ।
सिंहदरबारमा आज नेपालस्थित यूनियन आवद्ध ६ मुलुकका राजदूत र प्रतिनिधिहरुले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेट गरेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका हुन् । संविधानसभा निर्वाचनमा सहयोग गर्न तयार रहेको आश्वासन दिएको यूनियन आवद्ध राष्ट्रहरुले भयरहित अवस्थामा मतदानको वातावरण हुनु पर्ने उल्लेख गरेको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।
नेपालको राजनीतिलाई नजिकबाट नियाल्दै आएको यूनियनले तोकिएको समयमा निष्पक्ष, भयरहित र सहमतिका साथ संविधानसभा निर्वाचन गर्न दवाव दिँदै आएको छ ।

प्रतिक्रिया