चुनावको मिति घोषणा भए विवाद सकिन्छ

Arjun Narshing K cकाठमाडौं, २० चैत । कांग्रेसका नेता अर्जुन नरसिंह केसीले तत्काल निर्वाचनको मिति घोषणा भए सरकार गठनको विषयलाई आफूहरुले पार्टीमा राखिरहेको फरक मत समाप्त हुने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता केसीले भने, ‘निर्वाचनको मिति घोषणा हुने हो भने हामी मतभेद छाडेर एकताका साथ निर्वाचनमा जान्छौ ।’ उनले लोकतान्त्रिक संविधान बनाउन कांग्रेस भित्र एकता रहेको बताए ।
नेता केसीले खिलराज रेग्मी प्रधानमन्त्री भए पछि प्रधानन्यायाधीशको पद छाड्नु पर्ने आफूहरुको माग गरेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राजतन्त्रलाई मानेर कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग पार्टी एकता हुन नसक्ने बताए ।
उनले आफूहरुले गणतन्त्र स्वीकारीसकेकाले अब गणतन्त्रलाई छाडेर कुनै पनि सहमति हुन नसक्ने बताए ।

प्रतिक्रिया