स्वर्गिय भट्टराईका परिवारलाई भेटे खनालले

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बारा जिल्ला पार्टी कार्यकर्ता स्वर्गिय हेमलाल भट्टराईका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
बारा जिल्लाको टुमरवाना घर भएका स्वर्गिय भट्टराई नेकपा एमालेका पुराना कार्यकर्ता हुन् । आज अध्यक्ष खनाल स्वर्गिय भट्टराईको निवासमै पुगेर परिवारसंग कम्युनिष्ट आन्दोलनमा भट्टराईले पु¥याएको योगदानको स्मरण गरेका थिए । अध्यक्ष खनालले भट्टराईको निधनपछि एमालेले कम्युनिष्ट योद्धा गुमाएको उल्लेख गर्दै स्वर्गिय भट्टराई कम्युनिष्टहरुका लागि प्रेरणा भएको टिप्पणि गरे । उनले भट्टराईको तस्विरमाथि माल्यार्पण गरेका थिए । लामो समय देखि दमको रोगबाट पिडीत भट्टराईको गएको चैत ९ गते निधन भएको थियो ।

प्रतिक्रिया