हुन्डाईको गजबको अफर

काठमाडौं : हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई नयाँ वर्ष २०७० गजबको अफर’ योजना ल्याएको छ ।
नयाँ वर्षको अवसरमा ल्याइएको यो योजनामा न्यूनतम २० हजार देखि ७० हजार रुपियाँसम्मको स्क्रयाच कुपन राखिएको छ । गाडी खरिद गर्नेले यी स्क्रयाच कुपन प्राप्त गरी थप लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ ।
यो अवसरमा उपभोक्ताले पुराना गाडी सट्टापट्टा पनि गर्नसक्ने कम्पनीले जनाएको छ । हुन्डाईको गाडी खरिदमा ३ वर्षको वारेन्टी, सोही अवधिको नि:शुल्क सर्भिसिङ र स्वामित्व हस्तान्तरण नि:शुल्क गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया