कांग्रेस केन्द्रीय समिति सर्‍यो

nc party office sanepaकाठमाडौं : महासमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाबारे छलफल गर्न मंगलबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगन भएको छ । बैठक आगामी बुधबार बस्नेछ ।
देश चुनावी प्रक्रियामा अघि बढेपछि त्यसको तयारी र महासमिति बैठकका एजेन्डाबारे छलफल गर्न सोमबार बैठक बस्ने भनिएको थियो । तर, महासमितिको बैठकमा पेस हुने राजनीतिक र विधान संशोधनको प्रस्ताव तयार नभएपछि बैठक स्थगन गरिएको हो ।
पार्टी कार्यालयका मुख्यसचिव वसन्तकुमार गौतमले सोमबार जारी गरेको विज्ञप्तिमा २१ चैतमा मात्रै बैठक बस्ने उल्लेख गरेका छन् । चुनावको आवश्यक रणनीतिसहितको राजनीतिक प्रतिवेदन तयार गर्ने जिम्मा अघिल्लो केन्द्रीय समितिको बैठकले उपसभापति रामचन्द्र पौडेललाई दिएको थियो ।
त्यस्तै, पार्टीको विधान संशोधन समितिको प्रस्ताव तयार गर्ने जिम्मा महामन्त्री कृष्णप्रसाद सिटौलाले पाएका थिए । दुवै प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरे पनि नवलपरासीमा हुने महासमिति बैठकमा पेस हुनेछ । (सौस)

प्रतिक्रिया