सुर्खेतमा नामावली संकलनमा अवरोध

maobadiसुर्खेत, १९ चैत । नेकपा–माओवादीका कार्यकर्ताहरुको अवरोधका कारण सुर्खेतका १२ गाविसमा मतदाता नामावली संकलन कार्य अवरुद्ध भएको छ ।
निर्वाचन कार्यालय सुर्खेतका अनुसार रानीवास, मटेला, मेहेलकुना, मैनतडा, गुठू र अवलचिङमा मतदाता नामावली संकलन कार्यमा नेकपा–माओवादी कार्यकर्ताहरुको अवरोधका कारण स्थगित भएको हो ।
यस्तै रामघाट, दशरथपुर, बजेडीचौर, कुनाथरी, गुमी र लेखफर्सामा पनि संकलन कार्य अवरुद्ध भएको छ ।
रामघाट र दशरथपुरका गाविस सचिव तथा अन्य राजनीतिक दलका प्रतिनिधिहरुले गाउँमा गएर नामावली संकलन गर्ने वातावरण नरहेको भन्दै जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएका छन् ।

प्रतिक्रिया