निर्वाचनको तयारी पुरा भयो : गृहमन्त्री घिमिरे

madhavभक्तपुर, १९ चैत । गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले सरकारले निर्वाचनका लागि आवश्यक तयारी पुरा गरेको दाबी गरेका छन् ।

भक्तपुरको सिपाडोलस्थित डोलेश्वर मन्दिरमा आज आयोजित कार्यक्रममा मन्त्री घिमिरेले सरकार जति सक्यो छिटो संबिधानसभाको निर्वाचन गरेर आफ्नो जिम्मेवारी पूरा गर्न आतुर रहेको बताए । उनले चुनावी प्रक्रियाका आवश्यक कार्यहरुलाई अभियानका रुपमा सञ्चालन गरिने समेत बताए ।
‘सरकारले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरेकाले सबै दललाई निर्वाचनको महायज्ञमा सहभागी हुन आग्रह गर्छु,’ उनले भने ।
मुलुकका क्रियाशील सबै दलले निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका उनले असन्तुष्ट दलहरुसँग सरकार सम्पर्कमा रहेको बताए ।

प्रतिक्रिया