रुपन्देहीमा ल्यापटप लुट्ने पक्राउ

रुपन्देही, १८ चैत । रुपन्देही जिल्लामा निर्वाचन कार्यालयका कर्मचारीको ल्यापटप लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मतदाता नामावली संकलनका लागि जाँदै गरेका रुद्राक्ष गाविसका यदुनन्द भण्डारीको ल्यापटप लुटपाट गर्ने तेजेन्द्र थापालाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बुटवल नगरपालिका–१४ नयाँगाउँस्थित राजमार्गमा अल्फावेट नखुलेको ९२७४ नम्वरको मोटरसाइकलमा आएका तेजेन्द्रसमेतका ५÷७ जनाको समूहले भण्डारीको ल्यापटप लुटेका थिए ।
ल्यापटप लुटपाटमा संलग्नहरुका बारेमा थप जानकारी दिईएको छैन ।

प्रतिक्रिया