एमालेद्धारा सीसी क्यामरा जडानको माग

काठमाडौं, १८ चैत । एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचन निष्पक्ष र भयरहित बनाउन सीसी क्यामरा जडान गर्नुपर्ने माग गरेका छन् ।
प्रेस चौतारीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष खनालले भयरहित निर्वाचन बनाउन प्रत्येक मतदान केन्द्रमा सीसी क्यामरा अनिर्वाय रहेको बताए । ‘निर्वाचनका क्रममा प्रत्येक मतदान केन्द्रमा सीसी क्यामरा जडान गर्नु पर्छ,’ उनले भने ।
उनले २०७० साललाई चुनावी बर्षका रुपमा लिनुपर्ने बताएका छन् । तोकिएकै समयमा छिटो निर्वाचन गर्नुपर्ने बताएका खनालले भने, ‘असारमा चुनाव हुन नसके मंसिर सम्म गर्नु पर्छ ।’
विभिन्न माग राखेर आनदोलनरत नेकपा माओवादीसहितका दलहरुसँग बार्ता अनिर्वाय रहेको उनले बताए । ‘आन्दोलनरत दलहरुसँग चार राजनीतिक शक्ति बार्ता गर्न तयार छ,’ उनले भने, ‘दलहरुका जायज माग पुरा गर्नु पर्छ ।’
उनले आगामी चुनावमा एमालेलाई पहिलो पार्टीका रुपमा स्थापित गर्ने दाबी गरे । चुनावमा विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया