ट्रिपर पल्टिदा १ जनाको मृत्यु, २ घाईते

पाल्पा, १७ चैत । पाल्पाको दोभानमा आज ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
मृत्यु हुनेमा सिद्धार्थ नगरपालिका वडा नम्वर ८ का अन्दाजी ३० वर्षीय थाजलअहमद खान रहेको दोभान प्रहरी चौकीले जनाएको छ ।
बुटवलबाट दोभान गाविसमा चुनढुङ्गा लिन आउँदै गरेको वा २ ख ६६१९ नम्वरको ट्रिपर दोभान प्रहरी चौकी नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा चालक रुपन्देही टिकुली गाविस वडा नम्वर ७ का कमल चमार र सिद्धार्थ नगरपालिका वडा नम्वर ९ का अमरदीप केवट घाईते भएका छन् । घाईते दुवैको अवस्था गम्भीर छ ।
तीव्र गतिमा रहेको ट्रिपर अनियन्त्रित भई सडकबाट करिव २ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया