नेकपा माओवादीद्धारा काभ्रेमा लुटपाट

काठमाडौं, १७ चैत । काभ्रे जिल्लाको चापाखोरी गाविसमा नेकपा माओवादीका कार्यकर्ताले निर्वाचन टोलीको सामान लुटपाट गरिदिएका छन् ।
शुक्रबार राति गाविस भवनमा राखिएका निर्वाचन टोलीका सामान लुटपाट भएको हो । टोली फोटो सहितको मतदाता नामावली संकलन गर्न गएको थियो ।
कम्पूटर एक थान, स्क्यान मेसिन, वेब क्यामरा, चार्जर, कर्मचारीका लुगा र क्यामरा लुटपाट भएका छन् ।

प्रतिक्रिया