जीप दुर्घटना चार जनाको मृत्यु

Gulmi-Jeep-Accidentकैलाली, १६ चैत । डडेलधुराको अमरगढी नगरपालिका बुडालीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
से १ ज ३२९ नम्वरको जीप आज विहान करिव साढे एक बजे दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ९ का छिनादेवी माझी, कमलादेवी माझी, दिलबहादुर माझी र एक वर्षीय नेत्रेश्वरी माझी रहेका छन् ।
दिपायलबाट महेन्द्रनगर जाँदै गरेको जीप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेको टिम अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ । (फाईल तस्विर)

प्रतिक्रिया